काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् ।
नेता पौडेलले सोमबार काठमाडौंमा आयोजित आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
नेता पौडेलले संसद् पुनःस्थापनको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसदले स्वीकार गर्न नहुने बताए ।






































