काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । 

नेता पौडेलले सोमबार काठमाडौंमा आयोजित आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, – ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्मा एमसीसीबारे छलफल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ ।’
   
नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए । राणामाथि नेपाल बार एसोसियसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविकरुपमा लिन नहुने उनको भनाइ थियो।

नेता पौडेलले संसद् पुनःस्थापनको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसदले स्वीकार गर्न नहुने बताए ।