काठमाडौं /  चर्चित र्‍याप गायक हनी सिंह अश्लील गीत गाएको आरोपमा मुछिएका छन्, । जसका कारण महाराष्ट्रको नागपुरको जिल्ला अदालतले हनी सिंहलाई आफ्नो आवाजको नमूना पेश गर्न आदेश दिएको छ । यही कारणले हनी सिंह आइतबार नागपुरको प्रहरी चौकी पुगेका थिए । यहाँ हनी सिंहले आफ्नो आवाजको नमूना रेकर्ड गरे । हनी सिंहको आवाज रेकर्ड गर्ने प्रक्रिया करिब चार घण्टासम्म चलेको थियो ।

जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एसएएसएम अलीले जनवरी २७ मा हनी सिंहलाई फेब्रुअरी ४ र फेब्रुअरी ११ बीचमा नागपुरको पाँचपौली पुलिस स्टेशनमा हाजिर हुन निर्देशन दिएका थिए तर हनी सिंह ढिलो पुलिस स्टेशन पुगेका थिए ।

OM Sai Pathibhara Hospital

एक अधिकारीका अनुसार आनन्दपाल सिंह जबलले हनी सिंहको गीतमा अश्लीलताको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले हनी सिंह विरुद्ध भारतीय दण्ड संहिताको धारा २९२ र २९३ र सूचना प्रविधि ऐनको प्रासंगिक प्रावधान अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।