काठमाडौँ / हालै रिलिज भएको साउथ स्टार रवि तेजाको फिल्म खिलाडी रिलिजसँगै विवादमा परेको छ ।

बलिउड निर्देशक रतन जैनले फिल्मको निर्माता विरुद्ध फिल्मको नामलाई लिएर दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेसँगै विवादमा परेको हो ।

OM Sai Pathibhara Hospital

वास्तवमा, बलिउड अभिनेता अक्षय कुमारको १९९२ मा रिलिज भएको फिल्मको नाम पनि खिलाडी थियो, जसलाई रतन जैनले निर्देशन गरेका थिए । 

रतन जैनले फिल्मको टाइटलका लागि स्वीकृति नलिएको आरोप लगाएका छन् ।

एक अन्तर्वार्तामा क्रममा रतनले भने, ‘हामीसँग खेलाडीको नामको ट्रेडमार्क दर्ता छ । यो ट्रेडमार्क सम्पूर्ण देशको लागि हो । मनोरञ्जन क्षेत्रमा कसैले पनि खिलाडीले नामको शीर्षक प्रयोग गर्न सक्दैन । सबसे बडा खिलाडी, खतरों के खिलाडी जस्ता अन्य फिल्मको कुरा फरक छ ।   तर खिलाडी हाम्रोमात्र ट्रेडमार्क हो ।’ 

फेब्रुअरी ११ मा मुद्दाको सुनुवाइ गर्दा न्यायाधीशले फिल्मको रिलिजमा रोक लगाउन ढिलो भइसकेको बताएका थिए ।

यता रतनले भने फिल्मको रिलिज रोक्न नचाहेको पनि स्पष्ट पारेका थिए ।

खिलाडी फिल्म रिलिज हुनुभन्दा २ दिन अगाडिमात्र फिल्मको ट्रेलर रिलिज भएको हो ।

रतन जैनले यस्ता खाले क्रियाकलाप बढ्दै गएर धेरै समस्या निम्तिने पनि बताए । 

अब यस मुद्दाको सुनुवाइ १६ फेब्रुअरीमा हुनेछ ।