काठमाडौं / नेकपा एमालेले पार्टीका निस्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन आइतबार पेशीमा चढाइएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्धामा अहिले सुनुवाई हुँदैछ । नेकपा एमालेले १४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी ओलीको तर्फबाट भदौ १७ गते सर्वोच्च हालिएको रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो ।

OM Sai Pathibhara Hospital

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधव नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।