रौतहट //सरकारले फागुन १ गते प्रदेश नं २ मा सार्वजनिक विदा दिने भएको छ।

 मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो।

OM Sai Pathibhara Hospital

मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका छन्। 

मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा  जनयुद्ध दिवस मनाउन लागेको हो ।

यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।

यसैगरी जनयुद्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई जनही तीन लाख रुपैयाँ दिने समेत  घोषणा गरेको छ।