काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।

एमालेले थालेको स्थानीय तह निर्वाचनको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताएका हुन् । हाल एमालेको बर्चस्वले वर्तमान सत्ता गठबन्धनलाई बिझाइरहेको उनले आरोपसमेत लगाएका छन् ।

OM Sai Pathibhara Hospital

उनल एमालेसँग जुध्नेहरुले भाग्ने ठाउँ भए भाग्न ठाउँ खोज्न चेतावनीसमेत दिएका हुन् । उनले भने, ‘भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा बहुमत ल्याएरै छोड्छौँ’

नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षणको कार्यक्रमहरु थालनी गरेको छ । उक्त कार्यक्रमको अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।