काठमाडौं / हास्य सिरियल ‘सक्किगोनि’ का कलाकार तथा निर्देशक अर्जुन घिमिरेलाई मातृशोक परेको छ । उनकी आमाको शुक्रबार बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । अर्जुनकी आमाको केही महिनाअघि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको थियो ।

लामो समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । 

OM Sai Pathibhara Hospital

अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले आमाको उपचार विधि निक्कै जटिल भएपनि उपचार भने भइरहेको उल्लेख गरेका थिए ।

उनले आठ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाको स्वास्थ्य अवस्था ठीक ठाउँमा आइदिए चित्त बुझाउने बाटोसम्म हुने थियो’ भनेर लेखेका थिए । ग्रीन सिटीमा उपचार सुरु भएको करिब १० महिनापछि उनकी आमाको शुक्रबार निधन भएको हो ।