काठमाडौं / नेपाली र्‍यापर भिटेन (समीर घिसिङ) को युट्युब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौँ गीत पनि डिलिट भएका छन् । 

बिहीबार बिहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल भिटेन म्युजिक ह्याक भएको हो । ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम राखिएको छ । 

OM Sai Pathibhara Hospital

यात्रा कथा क्रिमिनल लगायतका गीत करोडभन्दा बढी पटक हेरिएको थियो । विशेषज्ञका अनुसार च्यानल र त्यसमा भएका सबै सामग्री फिर्ता ल्याउने सम्भावना भने रहन्छ । 

केही दिनअघि मात्र भिटेनको गल्ली सडक बोलको र्‍याप सार्वजनिक भएको थियो । झण्डै एक करोड पटक हेरिएको उक्त र्‍याले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको थियो ।