काठमाडौं / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७८ माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक  गरेको छ । 

तालिका अनुसार एसईई आगामी वैशाख ९ गतेबाट शुरु भई वैशाख २० गते सकिने छ । 

OM Sai Pathibhara Hospital

नौ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ ।

SEE-routine-888x2048