झापा /  कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका विरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् ।

क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मर्यादा बिर्सेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आक्रमण गर्नुका साथै प्राध्यापकलाई गालीबेइज्जतीअभिभावकहरूलाई समेत ज्यान मार्ने धम्की भएको भन्दै कारवाहीको माग गदै प्रहरीमा परेको हो ।

OM Sai Pathibhara Hospital

क्याम्पस प्रमुख सिंहले सोमबार बिहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हातपात गरेको पीडित लेखापाल बिष्टले बताए । खाँडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष महावीर पाण्डेले पनि बिना कारण लेखापाल माथि आक्रमण भएपछि आफू सहितको टोली क्याम्पस गएको र आफूलाई गालीगलोज भएको बताए

बिहानै मदिराले लट्ठ भएका क्याम्पस प्रमुख सिंहले लेखापाल सहित अन्य प्राध्यापकहरू र स्थानीय नागरिकमाथि पनि हातपात गरेको प्रत्यक्षदर्शी वडा अध्यक्ष पाण्डेले बताए

‘विहानै क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर बिग्रेको थियो, त्यसैले होला भन्ने सोचेर कोठामा पुगेँ । लाठीले टाउकामा हिर्काउनुभयो ।’ लेखापाल विष्टले भने ‘पछि बुझ्दै जादा उहाँको पारिवारिक झगडाको रिस हामीमाथि पोख्नु भएछ ।’

शनिवार राती मदिरा सेवन गरेर श्रीमतीलाई गरेर कोठाबाट बाहिर निकालेका सिहंका विरुद्ध प्रहरीमा उजुरी दिन उनकै श्रीमती आएका वेला लेखापाल बिष्टले उजुरी नदिन सल्लाह दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर क्याम्पस प्रमुख सिहंले उजुरी दिन उक्साएको आरोप लगाएर आक्रमण गरेको प्रहरीको भनाई छ ।
क्याम्पस प्रमुखवाटै घरेलु हिंसा

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सिद्धराज न्यौपानेले क्याम्पस प्रमुख लक्ष्मण वहादुर शिहंले घरेलु हिंसा गरेको बताए । ‘उहाँले शनिवार राती श्रीमती माथि कुटपिट गर्नु भएको रहेछ । घटना सुनेर अस्थाई प्रहरी चौकी ताडीको टोली त्यहाँ पुगेर क्याम्पस प्रमुखकी श्रीमतीलाई उद्धार गरी उहाँको छिमेकी दिदीको घरमा पुर्याएका थियौं । क्याम्पस प्रमुख सिहंले मलाई फोन गरेर प्रहरीले आफ्नो श्रीमतीलाई अपहरण गरेको आरोप लगाउनु भो ।’

त्यति मात्रै हैन प्रहरीले सिंहलाई आफ्नो जिम्मेवारी के हो वुज्नुहोस भनेर सुझाव दिँदै उल्टै क्याम्पसका सबै विद्यार्थीलाई प्रहरीका विरुद्ध सडकमा आन्दोलन गर्न लगाउने चेतावनी दिए ।

विष्टलाई मात्र होइन क्याम्पस प्रमुख सिंहले क्याम्पसमा आएका स्थानीय नागरिकमाथि पनि हातपात गरेका छन् । उनले खडाचक्र नगरपालिका वडा नं ३ निवासी सर्पराज पाण्डेमाथि हातपात गरेको स्थानीय खगेन्द्र पाण्डेले बताए । जहिले पनि मदिरा सेवन गरेपछि क्याम्पस प्रमुखले गालिगलौज गर्दै आइरहेको पाण्डेको भनाई छ ।