काठमाडौँ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख २० सम्ममा सक्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । 

एसईईको परीक्षा तालिका एक दुई दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको बोर्ड स्रोतले जनाएको छ । आगामी वैशाख ११ गतेसम्ममा परीक्षा सुरु गरिसक्ने गरी बोर्डले तयारी अघि बढाएको हो ।

OM Sai Pathibhara Hospital

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए। ‘आज या भोलिसम्ममा एसईई परीक्षा तालिका सार्वजनिक हुनेछ,’ रायमाझीले भने, ‘वैशाख २० सम्ममा परीक्षा सकिने छ ।’