काठमाडौं / अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने रहेको छ । यसअघि उनीहरुले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।

OM Sai Pathibhara Hospital

प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा रहेका छन् ।