काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अनौपचारिक छलफल भएको र औपचारिक बैठक भने आज बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिएका छन् ।

मंगलबार (हिजो) बसेको बैठकमा सभापति शेरबहादुृर देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भने आज बस्न लागेको हो । आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।