बिर्तामोड / समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार झापामा भएको भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गरेको हो ।

समितिको उपाध्यक्ष दिलिप थापा, सचिव रिता दाहाल, सहसचिव गोविन्द ल्वागुन, विमर्श उप्रेती, किशोर उपरकोटी, कोषाध्यक्ष कमल बुढाथोकीलाई जिम्मेबारी दिएको छ । सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन्

OM Sai Pathibhara Hospital

कार्यक्रममा समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तिर्थ सिग्देल, केन्द्रीय सदस्य लिला बराल, पर्वत र्पोतेल, एकीकृत समाजवादी पार्टीमा केन्दीय सदस्य नीनमणी बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतको उपस्थिति थियो ।