झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

हेटौँडामा एक पत्रकार सम्मेलन गर्दै थापाले भावुक हुँदै राप्रपा छाडेको बताए । उनले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनुपर्दा मन भारी र पीडाबोध समेत भएको बताए ।

आजै उनले एक विज्ञप्ति समेत जारी गरेर पार्टी परित्याग गरेको पुष्टि गरेका हुन् । पार्टीभित्र देखिएको सैद्धान्तिक विचलन र खराब प्रवृत्तिलाई सुधार गरेर जाने आफ्नो चाहना भए पनि त्यसको सुनुवाइ नभएकाले अलग हुनुपरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत मङ्सिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि थापा पराजित भएका थिए । थापाले अब अलग्गै नयाँ पार्टी खोल्ने तयारी गरिरहेको समेत बताइन्छ ।

Kamal-thapa-Press-release