काठमाडौं / आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।

निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन गर्ने कार्यालयहरुलाई आजदेखि मतदाता नामावली संकलन रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital


आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।