काठमाडौँ  / सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।