काठमाडौँ / राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित हुनुमा दरबारको हात रहेको भन्दै छानविनको माग गरेका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् ।

आफू निकटका नेताहरुसँगको छलफलमा थापाले भने “स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,”

OM Sai Pathibhara Hospital

थापाले आफू निकटका नेताहरुको भेला अहिले काठमाडौंमा बोलाएका छन् । उनले यदि समाधान खोजेमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए ।