काठमाडौँ / अफ्रीका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ । गएराति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सेनेगल ४–२ ले विजयी भएको छ । खेल पेनाल्टीमा जानु अघि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

OM Sai Pathibhara Hospital

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरेका थिए । तर, बोउना सार गोल गर्न चुकेका थिए । इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरेका थिए । मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुकेका थिए ।