काठमाडौँ / अर्जेन्टिनीका चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अङ्कको अग्रता बनाएको छ ।  आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए  । पीएसजीको यो सिजनको १७ औं जित हो । 

पिएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै  प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र  केलियन एम्बाप्पे एक एक गोल गरे । 

OM Sai Pathibhara Hospital

यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछि पिएसजीले २३ खेलबाट ५६ अङ्क जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन ।

यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अङ्क सहित दोस्रो स्थानमा छ ।