काठमाडौं //कोभिड–१९ का कारण बन्द रहेको विद्यालय  फागुन १ गतेदेखि भौतिक रुपमा खुल्ने भएको छ।

कोभिड–१९ को  संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

१२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउने छन्।

१२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी आइतबार बसेको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताएकी छिन।

यसअघि कोरोना संक्रमण तीव्र रुपमा बढेको भन्दै गत पुस २५ गते बसेको  सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर माघ १४ गते बसेको सीसीएमसीसीको बैठकले उक्त निर्णयलाई माघ मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।

कोरोना महामारीको जोखिम उतिकै रहेको भन्दै माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।