काठमाडौं / भारतीय  गायिका लता मंगेस्करको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
कोभिड –१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको विगत दुई सातादेखि आईसीयूमा उपचाररत थिइन् । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।

OM Sai Pathibhara Hospital

सानैदेखि संगीत क्षेत्रमा प्रवेश गरेकी लताले ३६ भाषामा गीत गाएकी छन् । उनले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । 

उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्।