बिर्तामोड / नेपालको चर्चित  गायन रियालिटि सो सारेगमप लिटिल च्याम्पको उपाधि  झापा बिर्तामोडकी  कृपा पौडेलको हातमा पर्न सफल भएको छ ।  प्रतियोगिताको उपाधिमा  दोस्रो हुनेमा झापाकै  रोशा फुयाल रहेकी छिन । 
ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधि हात पारेकी हुन । 
फाइनलमा स्थान बनाएका ५ जना प्रतियोगी मध्ये दुई झापाली चेलीहरूले प्रतियोगिताभरि नै उत्कृष्ट गायन प्रस्तुती दिएका थिए ।