काठमाडौं / वेस्टइन्डिजमा जारी यू –१९ विश्वकपको फाइनल आज हुँदैछ । उपाधिका लागि सर्वाधिक सफल टोली भारतले इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

चारपटक च्याम्पियन बनिसकेको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिँदै छ । इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्षपछि उपाधिका लागि मैदानमा हुनेछ ।

OM Sai Pathibhara Hospital

इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । वेस्टइन्डिजमा जारी प्रतियोगितामा इङ्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

फाइनल नेपाली समयअनुसार साँझ ६ः ४५ मा सुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टीम अपराजित रहेकाले फाइनल रोमाञ्चक हुने विश्वास गरिएको छ । अहिलेसम्म इंग्ल्यान्ड र भारतको यू –१९ उमेर समूहमा कुल ४९ खेल खेलेका छन् ।