काठमाडौं / नागीनको छैठौं संस्करण बन्ने भएको छ । नागीन ६ श्रीपञ्चमीका दिनदेखि प्रसारणमा आउने छ । 

एकता कपुरको निर्माता तथा निर्देशनमा बन्न लागेको नागीन ६ मा तेजस्वी प्रकाशको मुख्य भुमिका रहने छ । नागीन ६ मा एकताले १३० करोड भारतीय रुपैँया लगानी गर्ने भएकी छिन् । यति ठुलो लगानीमा बन्न लागेको नागीन ६ का कलाकारहरुलाई र एकतालाई सो फ्लप हुन्छ की भन्ने ठुलो तनाब छ । भारतीय सञ्चारमाध्यमका अनुसार करोडौंको लगानीमा बन्न लागेको नागीन ६ यदि हिट भएन भने एकताले अर्को बर्षदेखि फ्रेन्चाइज नै बन्द गर्ने बताएकी छिन् ।

OM Sai Pathibhara Hospital


नागीन ६ को प्रोमोमा तेजस्वीको अवतारलाई पनि सार्वजनिक गरिएको छ । बिग बोस १५ को ट्रफी जितेपछि तेजस्वी नागीनको सुटिङमा व्यस्त भएकी छिन् । तेजस्वी नागीन बन्नको लागी निकै नै उत्सुक भइरहेकी छिन् । तेजस्वीलाई नागीनको भूमिकामा दर्शकले कति मन पराउने छन्, त्यो हेर्न बाँकी छ ।