एजेन्सी / सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बुर्किना फासोलाई ३ १ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सेनेगललाई जित दिलाउनको लागि एब्डोउ डिएलो, इड्रिसा गाना गुआइसाडियो मानले समान एक - एक गोल गरे । बुर्किना फासोका लागि इब्रहिमा ब्लाटीले एक गोल फर्काए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

OM Sai Pathibhara Hospital

खेलको ७० औँ मिनेटमा एब्डोउ डिएलोले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा इड्रिसा गाना गुआइले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए ।

८२ औँ मिनेटमा इब्राहिमा ब्लटीले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्काउने संकेत दिए । तर ८७ औँ मिनेटमा मानेले गोल गर्दै सेनेगललाई सानदार जित दिलाए ।

अब उपाधिको लागि सेनेगलले आयोजक क्यामरुन र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।