काठमाडौँ  / सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । 

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका  प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । प्रधानमन्त्री देउवाले मंगलबार मात्रै निर्वाचन आयोगसँग जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने मितिबारे छलफल गरेका थिए । अब बस्ने मन्त्रिपरिषद्को बैठकले त्यसबारे निणर्य गर्ने र मिति घोषणा गर्ने देउवाको तयारी छ ।

गठबन्धनभित्र एमसीसी पास गर्ने विषयमा भने मतभेद रहेको छ । माओवादी र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनन् भने प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गराउने पक्षमा देखिएका छन् ।