बिर्तामोड / सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति भएको हो।

आयोगले सरकारलाई ६ बुदे सुझाव पत्र समेत दिएको छ । आयोगले कोरोना महामारीबीच जेठ ४ मै स्थानीय निर्वाचन कसरी गर्ने भन्ने विषयमा सरकारलाई सुझाव समेत दिएको छ ।

OM Sai Pathibhara Hospital

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकार र दलहरुलाई दवाव दिंदै आएको थियो ।

प्रधानमन्त्री देउवाले आयोगसँगको परामर्शपछि तयारी अघि बढाउनसमेत निर्देशन दिइसकेका छन् । उनले आयोग पदाधिकारीसँगको छलफलमा सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।