काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता नै हुने बताएका छन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेठ ५ गते पूरा हुदैछ । प्रधानमन्त्री देउवाले सो अगावै स्थानीय तहको निर्वाचन हुने बताएका बताइएको छ । ऐन संशोधन गर्न झन्झट भएको कारण सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको बताइएको छ ।