रचना
बहुत खुसी छाउन थाल्यो चराहरुमा
जब खिया लाग्न थाल्यो पिञ्जराहरुमा
एक पटक सुनेर जाऊ मेरा गजलहरू
तिमी नै तिमी छौ प्रत्येक मिसराहरुमा
तिमीमा कुन कुराको भण्डार छ साहेबा
जुन कुरा बिल्कुल छैन अप्सराहरुमा
रिसाँउदा त झन् क्या राम्री देखिन्छौ
कति प्रेम लुकाउँछौ यी नखराहरुमा
गजलकार स्नेह पौड्याल
बुद्धशान्ति ७ झापा