काठमाडौँ  / स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।

OM Sai Pathibhara Hospital

साथै उनीहरूले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्म चुनावको मिति भने तय गरेको छैन । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिको पदावधि जेठ ५ गते समाप्त हुँदैछ ।