बिर्तामोड / एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेकपा विभाजनपछि कायम एमाले फेरि विभाजित हुने भएको छ । सर्वोच्च अदालतको आदेशमा नेकपा विभाजित भई एमाले र माओवादी केन्द्र बनेका थिए ।

नेकपा विभाजन पछि पनि ओलीको कार्यशैली प्रति असन्तुष्ट बनेका सो पार्टीका पूर्व शीर्ष नेताहरू माधव कुमार नेपाल र झलनाथ खनाल लगायतको अगुवाइमा पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाएका थिए ।

OM Sai Pathibhara Hospital

नयाँ पार्टी समाजवादी यतिबेला संघीय सरकार र प्रदेश सरकारमा सत्तारुढ दलका रुपमा मुख्य मन्त्रालय लिएर क्रियाशील रहेको छ । एकीकृत समाजवादी बनेसँगै एमालेले संघीय सरकार र प्रदेश सरकार गुमाएको छ । राष्ट्रियसभा र प्रतिनिधि सभा सहित प्रदेश सभामा समेत कमजोर बनेको छ ।

एमाले अध्यक्ष ओली प्रति असन्तुष्ट अर्का शक्तिशाली नेता वामदेव गौतम भने लामो सयम देखि मौन तठस्त बसेका थिए । गौतमको पनि एमाले भित्र फरक समूह क्रियाशील रहेको मानिन्छ । लामो समय मौन बसेका गौतमले पनि एमालेमा रहेका आफ्नो नेताहरूको साथमा नयाँ पार्टी बनाउने घोषणा गरेका छन् ।

नेता गौतमको घोषणा सँगै एमाले फेरि विभाजित हुँदा थप कमजोर बन्ने अवस्था आएको छ । माओवादीका केही शीर्ष नेतालाई आफ्नो पार्टीमा भित्राउन सफल भएका ओलीसँग सो समूह समेत असन्तुष्ट रहेको र उनीहरूले पनि आफूले सम्हालेको पदबाट राजिनामा दिने तयारी गरिरहेको खबर बाहिरिएको समयमा गौतमको नयाँ पार्टी स्थापनाको घोषणाले एमालेलाई थप समस्यामा धकेल्ने भएको छ ।

एमाले भित्रै प्रभावशाली नेताहरू भीम रावल , घनश्याम भूषाल , टंक कार्की र भिम आचार्य लगायतका नेता समेत ओलीको शैली प्रति असन्तुष्ट रहँदै आएका छन् । पार्टी विधान र पद्धति अनुसार ओलीले नचलाएर आफू खुसी चलाउन थालको  भन्दै उनीहरूले समेत पार्टी भित्र संघर्ष गरिरहेको समयमा नेता गौतम नयाँ पार्टी स्थापनाको तयारीमा जुटेपछि एमाले थप कमजोर हुने अवस्था बनेको हो । 

गौतमको सचिवालयले समेत नयाँ पार्टी स्थापनाका लागि नेता गौतम सकृय बनेको पुष्टि गरेको छ । सचिवालयले नयाँ पार्टी बनाउन तयारी तिव्र बनाइएकोकेही दिन भित्रै दर्ता हुने जानकारी गराएको छ ।

बर्दिया १ बाट प्रतिनिधी सभामा पराजित बनेका गौतम अहिले राष्ट्रिय सभाको सदस्य रहेका छन् । सरकारको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्।  गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।

नेता गौतम गत मङ्सिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा पनि सहभागी भएका थिएनन्।

२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग  एकता गरेको थियो।