काठमाडौं / साउथको चलचित्र ‘आरआरआर’ मार्च २५ मा रिलिज हुने भएको छ । 

यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना सङ्क्रमणको तेस्रो लहर शुरु भएपछि पछि सरेको थियो । त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन गर्ने गरी दुईवटा मिति तय गरेको थियो ।

OM Sai Pathibhara Hospital

तर अब यो चलचित्र मार्च २५ मा रिलिज हुने भएको छ । एसएस राजामौलीको निर्देशनमा बनेको ‘आरआरआर’ मा रामचरण, जुनियर एनटीआर , अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।