काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो।

 मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा: निधन भएको हो। थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए।