काठमाडौं /  नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग बिहे गर्न लागेकी हुन् ।

३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा बिहे गर्नेगरी तयारी हुँदै गरेको उनी निकट स्रोतले जनाएका छन ।  

OM Sai Pathibhara Hospital

रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । तर, सम्बन्ध टुंग्याएर लामो समय उनी एक्लै बस्दै आएकी छिन् ।

एक टेलिभिजन अन्तरवार्तामा रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरु भएको हो ।