काठमाडौं / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(शुक्रबार) बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका हुन् ।

उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि अनुरोधसमेत गरिएको छ । बैठकमा सामेल हुनका लागि लिङ्क एसएमएसमार्फत पठाइने काँग्रेसले जनाएको छ ।