काठमाडौँ / लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गत माघ दुई गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आव्हानकाे सूचना जारी गरेका हुन् । 

‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ।