काठमाडौँ / पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले भौतिक पूर्वाधार मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । 

मन्त्री यादवले साम्प्रदायिक द्धन्द्ध फैलाउने अभिव्यक्ति दिएको भन्दै नेता कर्णले उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धानको माग गर्दै जाहेरी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

नेता कर्णले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् । 

गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । 

कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत पठाएका छन् ।