काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए । मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने बताइएको छ ।