काठमाडौँ / पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले एकातिर हुँदा पनि राष्ट्रिय सभा सदस्य चुनावमा एमालेले एउटा सिट जितेको छ ।

आगामी फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि हिजो सातै प्रदेशमा चुनाव भएको थियो । सो चुनावको मतपरिणाम अनुसार  प्रदेश –१ बाट अल्पसंख्यक तर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका छन् । 

OM Sai Pathibhara Hospital

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा प्रदेश –१ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रदेश –१ मा एमालेका गुरु बराल र गठबन्धनका उम्मेदवारबीच बराबरी भएपछि गोलाप्रथाबाट गठबन्धनका उम्मेदवारले वाजी मारे । प्रदेश –१ बाहेक एमालेले अरु प्रदेश ७ सिट गुमायो । ७ सिट गुमाएपनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा एमाले नै पहिलो दलका रुपमा कायम हुनेछ । 

एमालेले आज गुमाएको ७ सिटमा  कांग्रेसले ३, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ तथा जसपाले १ सिट जिते ।

अहिले राष्ट्रिय सभामा एमालेको २४ सिट छ । आज ७ गुमाएर पनि एमाले १७ सिट सहित पहिलो ठूलो दल रहनेछ । 

माओवादी केन्द्रको १५, कांग्रेसको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ सिट पुगेको छ । गठबन्धनका कारण जनमोर्चालाई भने फाइदा भएको छ । 

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएकी छिन् । राष्ट्रिय सभामा जनमोर्चाले पहिलो पटक इन्ट्री गरेको हो ।