काठमाडौं / देशकै मुख्य व्यवस्थापकीय अंग राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु भएको छ ।  आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा कूल २०२५ जना मतदाता सहभागी भएका थिए ।

लुम्बिनी प्रदेशमा सुरु भएको मतगणना अन्य प्रदेशमा पनि अघि बढेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेका छन् । 
                                              
१९ पदका लागि विभिन्न १२ दलबाट ४३ जनाले उम्मेदवारी दिएको भएपनि राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।