काठमाडौँ / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले आफूलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । लक्षण सामान्य रहेको भन्दै आइसोलेसनमा बसेको पनि उनले बताएका छन् । आफ्नो सम्पर्कमा रहेका अरुलाई पनि परीक्षण गराउन उनले आग्रह गरेका छन् ।