काठमाडौँ / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । 

कोभिड –१९ को तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै परीक्षा केन्द्रमा  विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

केसीका अनुसार सीटीईभीटीले १५ गते र २२ गते गर्न लागेको आन्तरिक, मौका लगायतका सबै परीक्षा साथै सञ्चालनको पूर्व तयारीमा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

परिषदले यही १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगत नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।