काठमाडौं / हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । यस अघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल अहिले कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका हुन् ।

आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, । ‘पहिलो जस्तो सातो लिने र दोस्रो जस्तो ज्यानै लिने चाहिँ होइन, तर थला चाहिँ राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं , केही नहुन्जेल केही पनि हुँदैन ।’