बिर्तामोड / चर्चित रियालिटि सो ‘ सारेगमप लिटिल च्याम्प्स ’ को फाइनलमा (टप ५) झापाकी रोशा फुयाल पुग्न सफल   भएकी छिन 

प्रतियोगितामा लगातार धमाका मच्चाइरहेकी झापाली चेली रोशा फुयाल  प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी हुन् ।

OM Sai Pathibhara Hospital

हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको सारेगमपमा विभिन्न अडिसनमा देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागी भएका थिए । जसमा उनीहरूलाई उछिन्दै रोशा  टप ५ हुदै उपाधि नजिक पुगेकी हुन ।

अब उपाधिका लागि फुयलसंगै  झापा बिर्तामोडकी कृपा पौडेल पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरेले आगामी माघ २२ गते प्रतिष्पर्धा गर्ने छन् । उनीहरूलाई जिताउन दर्शक श्रोताले सोही समयसम्म भोट गर्न सक्ने छन् ।

रोशा फुयाललाई भोट गर्न
रोशालाई भोट गर्न मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेस छोडेर १३ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाइन भोटिङका लागि मोमो भोटिङ एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।