काठमाडाैँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको छ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको आरोप लगाएका छन् । 

अध्यक्ष ओलीले आइतबार प्रेस विज्ञप्ति मार्फत देशको समसामयिक अवस्थाको बारेमा धारणा सार्वजनिक गर्दै उक्त आरोप लगाएका हुन् । 

OM Sai Pathibhara Hospital

‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेका छन्’, ओलीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

कोभिड महामारी विरुद्धको प्रतिकार्य पनि लथालिङ्ग भएको एमालेको ठहर छ । मुलुकले सामना गरिरहेका मुख्य चुनौतीका बारेमा पार्टीको दृष्टिकोण नेकपा एमालेले वक्तव्य मार्फत सार्वजनिक गरेको छ ।

1

2

3

4

6

7

5

8