काठमाडौं / मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

समाजका सभापति गोविन्द खनालले आइतबार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गत माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतप्रति लक्षित गर्दै २०६३ सालको जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् । 

‘मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरित हुनुका साथै लोकतान्त्रिक  मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । आपराधिक  मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज  आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।