एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम विरूद्व रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति म्यानचेस्टर युनाइटेडको घरेलु मैदान वल्डट्राफोर्डमा निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गरेपछि म्यान्यूले रोमाञ्चक जित निकालेको हो ।

OM Sai Pathibhara Hospital


इन्जुरी समयको तेस्रो मिनेटमा काभानीको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।

जारी सिजनमा युनाइटेडको यो ११ औं जित हो । २२ खेल खेलेको युनाइटेड लिग अंकल तालिकामा ३८ अङ्क बनाउँदै शीर्ष चारमा उक्लिएको छ ।

तालिकाको शीर्ष स्थानमा ५७ अङ्कसहित म्यानचेष्टर सिटी कायमै छ। दोस्रो स्थानमा रहेको लिभरपुलले ४५ अङ्क जोडेको छ भने तेस्रो स्थानमा रहेको चेल्सीले ४४ अंकल जोडेको छ ।