काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

सीतालाई कोरोना संक्रमण भएपछि केही दिनअघि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ। लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन्।  

कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।