काठमाडौं /  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको एमालेको सचिवालयले जनाएको  छ ।

OM Sai Pathibhara Hospital

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन् । ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ ।